२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

जनगणनाः आजबाट घर तथा घरपरिवारको सूचीकरण गरिँदै

जनगणनाः आजबाट घर तथा घरपरिवारको सूचीकरण गरिँदै

गण्डकी टाइम्स
बुधवार, भाद्र ३० २०७८
गण्डकी टाइम्स
बुधवार, भाद्र ३० २०७८
  • काठमाडौं, ३० भदौ । आजबाट घर तथा घरपरिवार सूचीकरणको काम सुरु गरिंदैछ । राष्ट्रिय जनगणनाका लागि सरकारले आजबाट घर तथा घरपरिवारको सूचीकरण कार्यको सुरु गर्न लागेको हो ।

    आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना हुँदैछ। यही प्रयोजनका लागि सरकारले घर तथा घरपरिवार सूचीकरणको काम सुरु गर्न लागेको हो।

    यसका लागि सबै तयारी पूरा भएको र आजबाट काम सुरु हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। यसका लागि आवश्यक कर्मचारीहरुलाई सुपरिवेक्षण तालिम दिइसकिएको छ।

    कोरोना भाइरस महामारीका कारण यसअघि नै गर्ने भनिएको जनगणना स्थगित गरिएको थियो। संक्रमण कम हुन थालेपछि जनगणनाको काम सुरु गर्न लागिएको विभागले जनाएको छ ।

    यस पटक गर्न लागिएको जनगणना १२औं जनगणना हो। नेपालमा वि.सं. १९६८ देखि जनगणना सुरु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij