२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

सरकारको आलोचना गरेको आरोपमा वाईसीएल नेता अधिकारी पक्राउ, तत्काल रिहा गर्न वाईसीएल नेपालको माग

सरकारको आलोचना गरेको आरोपमा वाईसीएल नेता अधिकारी पक्राउ, तत्काल रिहा गर्न वाईसीएल नेपालको माग

गण्डकी टाइम्स
सोमवार, कार्तिक १७ २०८३
गण्डकी टाइम्स
सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं । सामाजिक सञ्जालमार्फत सरकारका गतिविधिको आलोचना तथा खबरदारी गरेको आरोपमा योङ कम्युनिष्ट लिग नेपालका गण्डकी प्रदेश सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेको घटनाप्रति वाईसीएल नेपालले आपत्ति जनाएको छ।

    वाईसीएल नेपालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको निर्देशनमा अधिकारीलाई पक्राउ गरी गोरखा पुर्‍याइएको घटनालाई राजनीतिक प्रतिशोध र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भनेको छ।

    लोकतान्त्रिक व्यवस्थामा सरकारका गलत निर्णय, भ्रष्टाचार, बेथिति तथा राज्यसत्ताको दुरुपयोगविरुद्ध आवाज उठाउनु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै वाईसीएलले सरकारको आलोचना गरेकै आधारमा धरपकड गर्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत रहेको जनाएको छ।

    विज्ञप्तिमा राज्यशक्तिको दुरुपयोग गरी असहमतिका आवाज दबाउन खोजिएको आरोप लगाउँदै संगठनले यस्तो कार्यको घोर भर्त्सना गरेको छ। साथै, दमनमा संलग्न प्रहरी तथा प्रशासनका अधिकारीहरूको भूमिकामाथि पनि प्रश्न उठाएको छ।

    वाईसीएल नेपालले नेता अधिकारीलाई तत्काल रिहा गर्न माग गर्दै अन्यथा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। 

    ycl.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij