२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

रास्वपाभित्रको किचलोले मन्त्रिपरिषद् बैठक अनिश्चित, १७ दिनदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेन

रास्वपाभित्रको किचलोले मन्त्रिपरिषद् बैठक अनिश्चित, १७ दिनदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेन

गण्डकी टाइम्स
सोमवार, कार्तिक १७ २०८३
गण्डकी टाइम्स
सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठक १७ दिनदेखि बस्न सकेको छैन। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछानेबीच देखिएको मतभेदका कारण मन्त्रिपरिषद् बैठक प्रभावित भएको चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ।

    प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच सरकारका महत्त्वपूर्ण निर्णय, राजनीतिक नियुक्ति, प्रहरी नेतृत्व र निजामती सेवा अध्यादेशलगायतका विषयमा मतभिन्नता रहेको बताइएको छ। दुई नेताबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् बैठकसमेत अनिश्चित बनेको विभिन्न सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै जनाएका छन्। 

    प्रधानमन्त्री शाहले यसअघि साताको प्रत्येक सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक राख्दै आएका थिए। तर, असोज ३० गते बसेको बैठकयता नयाँ बैठक आह्वान गरिएको छैन।

    यसबीच प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच बुढानीलकण्ठस्थित लामिछाने निवासमा करिब चार घण्टा लामो छलफलसमेत भएको थियो। छलफलमा निजामती सेवा अध्यादेशको ३०–५५ वर्षे प्रावधान, नेपाल प्रहरीको नेतृत्व र राजनीतिक नियुक्तिका विषय उठेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij