काठमाडौँ, २० असोज। नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबा मनोनयन दर्ता हुँदैछ।
सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ।
मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान सोमबारै पारित गरिएको हो।