काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईले राहत तथा उद्धार समितिको संयोजकमा संस्थाका सचिव ज्ञानेन्द्र गुरुङलाई मनोनयन गरेको छ।
संघले एक सूचना जारी गर्दै यूएईमा रहेका नेपाली नागरिकलाई आपत्कालीन अवस्था, समस्या वा कठिनाइ आइपरेमा आवश्यक सहयोग, समन्वय तथा उद्धारका लागि गुरुङसँग सम्पर्क गर्न आग्रह गरेको छ।
समितिले यूएईमा रहेका नेपालीहरूको सुरक्षा, हित तथा आपत्कालीन अवस्थामा आवश्यक सहयोग र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्य राखेको संघले जनाएको छ।
आपत्कालीन सहयोग तथा समन्वयका लागि संयोजक गुरुङलाई +971 55 257 3899 नम्बरमा सम्पर्क गर्न सकिनेछ।