२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

कक्षा १२ को परीक्षा आजबाट

कक्षा १२ को परीक्षा आजबाट

गण्डकी टाइम्स
मंगलवार, भाद्र २९ २०७८
गण्डकी टाइम्स
मंगलवार, भाद्र २९ २०७८
  • काठमाडौं, ३० भदौ । कक्षा १२ को बार्षिक परीक्षा आजबाट सुरु भएको छ । कोरोना भाइरस संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु भएको हो ।

    परीक्षा असोज ८ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । सबै विद्यार्थीहरुलाई कोरोनाबिद्धको खोप दिइसकिएकाले अब परीक्षाका लागि अनुकुल वातावरण बनेको विज्ञहरुले पनि बताएका छन् ।

    यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको थियो । तर कोरोना महामारी बढेसँगै परीक्षा रोकिएको थियो ।

    आजबाट सुरु भएको कक्षा १२ को यो परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन् । विद्यार्थीहरुलाई आफुले नै अध्यायन गरेको विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

    शैक्षिक सत्र खेर नजाओस् भन्ने उदेश्यका साथ परीक्षाको नतिजा आगामी मंसिरसम्ममै प्रकाशन गरिसक्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij