२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

काठमाडौंमै बोक्सी भन्दै महिलामाथि कुटपिट : ४ जना पक्राउ

काठमाडौंमै बोक्सी भन्दै महिलामाथि कुटपिट : ४ जना पक्राउ

गण्डकी टाइम्स
मंगलवार, भाद्र २९ २०७८
गण्डकी टाइम्स
मंगलवार, भाद्र २९ २०७८
  • काठमाडौं, २९ भदौ । काठमाडौंमा बोक्सी भन्दै एक महिलामाथि निर्घात कुटपिट भएको छ । गत भदौ २० गते ललितपुर लुभुकी ३० वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरिएको हो । कुटपिट गर्ने महिलाका श्रीमानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान, दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। पेट दुख्ने समस्या भएपछि झरफुकका लागि महिलाका श्रीमानले पीडित महिलालाई स्वयम्भू ठूलोभर्‍याङ बस्दै आएका थिङको लगेका थिए । झारफुक गर्ने थिङले महिलालाई झारफुक गर्दा उनमा बोक्सी चढेको भन्दै कुटपिट गरिएको प्रहरीले जनाएको छ । कुटपिटबाट महिलाको शरीमार निलडाम समेत रहेको प्रहरीले जनाएको छ। बोक्सी भन्दै कुटपिट गरेपछि पीडित महिलाले श्रीमान्‌सहित चार जनालाई विपक्षी बनाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। महिलाले जाहेरी दिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij