२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

चुमनुव्रीमा पहिरो नियन्त्रणका लागि अर्थमन्त्रीसँग बजेट माग

चुमनुव्रीमा पहिरो नियन्त्रणका लागि अर्थमन्त्रीसँग बजेट माग

गण्डकी टाइम्स
सोमवार, भाद्र २८ २०७८
गण्डकी टाइम्स
सोमवार, भाद्र २८ २०७८
  • काठमाडौं, २८ भदौ । गोरखाको चुमनुव्री गाउँपालिकाका वासिन्दाले पहिरोका कारण वस्ती जोखिममा परेको भन्दै नियन्त्रणका लागि बजेट व्यवस्था गरिदिन अर्थमन्त्री जनार्दन शर्मासँग माग गरेका छन् ।

    आइतबार अर्थ मन्त्रालयमा पुगेका चुमनुव्री गाउँपालिकाका वासिन्दाले वडा नं ३ को सल्लेरी, जगत, नाक्चेत, पाती देवल र घट्टेखोला गाउँ पहिरोको जोखिममा परेको भन्दै संरक्षणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

    त्यस्तै चुमनुव्री–४ को पहिरोबाट नामरुङ गाउँ जोखिममा परेको, वडा नं ६ सार्दिभिरको क्यान्टिलिभर पुल क्षतिग्रस्त भएको चुम उपत्यका जाने बाटो लोक्पा पहिरोले क्षतिग्रस्त भएको नेकपा माओवादी केन्द्र चुमनुव्री गाउँपालिका इन्चार्ज निमा लामाले बताएका छन ।

    उक्त पहिरो पन्छाएर चुम उपत्यका जान सहज बनाउन र चुमनुब्री–७ को छेकम्पारस्थित छुले गाउँसंरक्षण तथा पहिरो नियन्त्रणका लागि पनि बजेट माग गरिएको उनले जानकारी दिएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij