२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

विवादमा एनआरएनए निर्वाचन : कुनै प्रक्रियाअघि नबढाउन परराष्ट्रको निर्देशन

विवादमा एनआरएनए निर्वाचन : कुनै प्रक्रियाअघि नबढाउन परराष्ट्रको निर्देशन

गण्डकी टाइम्स
आइतवार, भाद्र २७ २०७८
गण्डकी टाइम्स
आइतवार, भाद्र २७ २०७८
  • काठमाडौँ, २८ भदौ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले निर्वाचन प्रतिनिधिको विवाद निरुपण नभएसम्मको लागि निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । विधानविपरीत केन्द्रीय प्रतिनिधिको नामावली प्रकाशन गरिएको भन्दै १० औ विश्व सम्मेलनमा अन्यायमा परेका एनआरएनए डेलिगेटसलाई राख्न माग गर्दै मन्त्रालयमा उजूरी परेको थियो । उजुरीमा विधान विपरीत आएका प्रतिनिधिलाई मान्यता दिइएको र एनसीसीहरुले विधानसम्मत रुपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर गरेको व्यहोरा उल्लेख थियो । निर्णय नसच्चिएसम्म विश्व सम्मेलन अगाडी नबढाउन पनि उजूरीमार्फत माग गरिएको थियो । एनआरएनएका विभिन्न २५ देशका अध्यक्षलगायत प्रतिनिधिहरुको नाम संलग्न गरी गरिएको उजुरीमा विभिन्न १९ वटा कमजोरीहरू उल्लेख गरिएको थियो । एनआरएनए आइसीसी पूर्व सचिव जानकी गुरुङ,कतारबाट मानार्थ सदस्य नवराज ओली (शनि) र अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेलले सो उजुरी दिएका थिए । मन्त्रालयले सो उजुरीलाई आधार मान्दै तत्काल निर्वाचन सम्बन्धि प्रक्रिया अगाडि नबढाउन र मतदाता नामावली छानविन गर्न समेत एनआरएनए आईसिसिलाई निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij