२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

सामूहिक हत्याको अनुसन्धानमा सीआईबी पनि खटियो

सामूहिक हत्याको अनुसन्धानमा सीआईबी पनि खटियो

गण्डकी टाइम्स
मंगलवार, भाद्र २२ २०७८
गण्डकी टाइम्स
मंगलवार, भाद्र २२ २०७८
  • काठमाडौँ, २२ भदौ । संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि खटिएको छ । घटना रहस्यमय भएको भन्दै अनुसन्धानका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीआईबी टोली पनि पठाएका हुन् ।

    सीआईबी स्रोतका अनुसार सीआईबीका एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा टोली संखुवासभा पठाइएको छ । टोलीले प्राविधिक विश्लेषण र अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, संखुवासभालाई सहयोग गर्नेछ । घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय, धरानका एसपी भीम दाहाल पनि खटिएका छन् ।

    प्रदेश नं.१ प्रहरी कार्यालयले रिजनल इन्भिेस्टिगेटिभ टिम (आरआईटी) पनि खटाएको छ । सोमबार बेलुकी डग स्निफिङ गरिसकेर प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान थालेको छ ।

    सोमबार बिहान मादी नगरपालिका-१, उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । घटनामा आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीया बौद्धमान सकुशल छन् ।

    हालसम्म अनुसन्धानमा प्रहरीले ठोस प्रगति हात पारिसकेको छैन । मृतक परिवारले झापामा जग्गा किन्नका लागि पैसा जम्मा गरेर घरमा राखेको आशंका गरिएको छ । त्यही पैसाका कारण घटना भएको हुनसक्ने अनुमान छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij