२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

गण्डकी टाइम्स
सोमवार, भाद्र २१ २०७८
गण्डकी टाइम्स
सोमवार, भाद्र २१ २०७८
  • काठमाडौं, २१ भदौ । काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच आज भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

    उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन ।

    विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएको/नभएको भनेर नियमित नियमन गर्नेपर्ने उनको भनाई छ ।

    केही नगरपालिकाहरूले भने यसअघि नै विद्यालय खोल्न थालिसकेको तछ । अब सबै स्थानीय तहमा एकरूपता ढंगबाट विद्यालय सञ्चालन गर्ने गरी आजको बैठकले निर्णय गरिएको उनले जानकारी दिएका छन ।

    जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन् । विद्यालय सञ्चालन गर्दा स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँग समन्वय गर्नुपर्ने भनिएपछि सोबारे अन्तिम टुंगो गर्न आज बैठक बसेको हो ।

    विज्ञहरूले भने अहिले विद्यालय खोल्ने बेला नभएको बताउँदै आएका छन् । उनीहरुले कम्तिमा दसैं/तिहारपछि मात्र सोबारे निर्णय लिनुपर्ने सुझाएका थिए । तर डिसिसिएमसीले विद्यालय खोल्न सक्ने गरी निर्णय गरिदिएको छ ।

    सिडिओ पराजुलीका अनुसार विद्यालय खोल्नुपूर्व स्थानीय तहहरूले त्यहाँका अभिभावकहरूसँग पनि छलफल गर्नुपर्ने हुन्छ । उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्न सकिने भए पनि पूर्णरूपमा विद्यालय सञ्चालनमा आउन तिहारसम्म लाग्ने सिडिओ पराजुलीको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij