२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय बैठक सुरु

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय बैठक सुरु

गण्डकी टाइम्स
सोमवार, भाद्र २१ २०७८
गण्डकी टाइम्स
सोमवार, भाद्र २१ २०७८
  • काठमाडौं, २१ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रको ७४ औं क्षेत्रीय बैठक सोमबारबाट सुरु भएको छ ।

    बैठकमा विश्वका प्रमुख स्वास्थ्य नेतृत्वकर्ताले विश्वव्यापी स्वास्थ्य सेवा प्रदान तथा जोखिम सामना गर्न सक्ने स्वास्थ्य प्रणालीको लागि थप प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका छन् । उनीहरुल यो क्षेत्रका मानिसहरुलाई आवश्यक पर्ने खोप, औषधि, उपकरण र प्रविधिको उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

    भर्चुअलमाध्यमबाट शुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवा विकट क्षेत्रमा रहेका मानिसहरुसम्म पुग्नु सबैको प्राथमिकता हुनुपर्ने बताएका छन ।

    डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले भने, ‘कोभिड–१९ को महामारीले अहिले निरन्तर मानिसको जीवन, बसोबास, समाज र अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ । गत मे मा व्यापक मात्रामा बढेपनि दक्षिण–पूर्वी एसियामा कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा कमी आएकोमा म निकै खुसी छु ।’ गेब्रेयेससले अहिले पनि फरक-फरक मुलुकमा अवस्था भिन्न रहेकाले अब पुनः पुरानो अवस्था आउन नदिन बेलैमा तयारी गर्नुपर्नेमा जोड दिएका छन ।

    डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पूनम खेत्रपाल सिंहले कोरोनाले स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पारेको भन्दै अब स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्नु जरुरी रहेको बताइन् ।

    पाँचदिने भर्चुअल सम्मेलनमा यो क्षेत्रका स्वाथ्यमन्त्रीहरु र वरिष्ठ स्वास्थ्य अधिकारी, अन्य नियोगका, साझेदार र नागरिक समाजका प्रतिनिधि सहभागी हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij