२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

एसएमजी चोरीमा दुई सैनिकले पाए सफाइ

एसएमजी चोरीमा दुई सैनिकले पाए सफाइ

गण्डकी टाइम्स
शुक्रवार, भाद्र १८ २०७८
गण्डकी टाइम्स
शुक्रवार, भाद्र १८ २०७८
  • काठमाडौं, १८ भदौ । सैनिक अदालतको कमजोरीका कारण एसएमजी (सर्ट मेसिन गन) चोरी अभियोगमा जेल परेका दुई सैनिकले शुक्रबार सफाइ पाएका छन् । तर उनीहरुको तीन वर्ष बढुवा रोक्का गर्न सैनिक विशेष अदालतले आदेश दिएको सैनिक स्रोतले बताएको छ ।

    उनीहरुलाई थुनामुक्त गर्न अदालतले दिएको पत्र जिल्ला कारागार, चितवनमा पुगेको छ । उच्च अदालत, पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई एसएमजी चोरी प्रकरणमा निर्दोष रहेको भनेको त छ । तर संगठनको आन्तरिक मर्यादा मिचेर गैरजिम्मेवारीपूर्ण कार्य गरेको अभियोगमा चाहिँ बढुवा रोक्काको आदेश दिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    गुरुङ र तामाङले अनाहकमा साढे २ बजे जिल्ला कारागार, चितवनमा बन्दी जीवन विताइसकेका छन् । उनीहरुले २०७६ जेठमै आफूहरु निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ हुन सकेको थिएन ।

    चितवनमा सैनिक जवान भरत गुरुङको हत्या प्रकरण सतहमा आएपछि उनीहरु निर्दोष रहेको खुलासा भएको थियो । दुई सैनिकले चोरेको भनेको नम्बरको एसएमजी गुरुङ हत्याका आरोपी भरतपुर–२१ का गंगाधर ढकालको साथबाट बरामद भएको थियो । त्यसपछि बल्ल सैनिक विशेष अदालतले मुद्दा छिटो टुंग्याउने गरी प्रक्रिया अघि बढाएको थियो ।

    सैनिक समरी जनरल अदालतले बिहीबार मात्रै गुरुङ हत्यामा संलग्न ढकाललाई जन्मकैदको सजाय सुनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij