२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

गण्डकी टाइम्स
शुक्रवार, भाद्र १८ २०७८
गण्डकी टाइम्स
शुक्रवार, भाद्र १८ २०७८
  • चितवन, १८ भदौ । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij