२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

प्रगतिशील गायक जेबी टुहुरेको निधन

प्रगतिशील गायक जेबी टुहुरेको निधन

गण्डकी टाइम्स
बिहिवार, भाद्र १० २०७८
गण्डकी टाइम्स
बिहिवार, भाद्र १० २०७८
  • काठमाडौं, १० भदौ । प्रगतिशील गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधन भएको छ ।

    गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो ।

    मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएकोमा आज दिउँसो १२:३० वजे निधन भएको हो । वहाँको पार्थिव शरिरलाई अन्तिम बिदाईका लागि अहिले अहिले १:३० देखी २:०० बजेसम्म नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा र दिउँसो ३:०० देखी ४:०० वजेसम्म पशुपति आर्यघाटमा राखिने जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्रीले जानकारी दिएका छन ।

    २० को दशकदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनको बहुचर्चित गीत हो ।

    सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । फाण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij