२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन शिक्षा समितिको निर्देशन

इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन शिक्षा समितिको निर्देशन

गण्डकी टाइम्स
मंगलवार, भाद्र ८ २०७८
गण्डकी टाइम्स
मंगलवार, भाद्र ८ २०७८
  • काठमाडौं, ८ भदौ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।

    कक्षा १२ को परीक्षा सम्बन्धमा, इञ्जिनियरिङ्ग कलेजको शुल्कका सम्बन्धमा मंगलबार बसेको समितिको बैठकले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकको शुल्क नलिन निर्देशन दिएको हो ।

    समिति सभापति जयपुरी घर्तीले कलेज बन्द भएको अवस्थामा कलेजले विदाइ, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकका शुल्क लिनु वैज्ञानिक नभएको भन्दै उक्त शीर्षकको शुल्क नलिन निर्देशन दिइन् ।

    शुल्क बढी लिएको भन्दै त्रिवि सम्बन्धन प्राप्त उपत्यकाका १० इन्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij