२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

उपत्यकामा बेलुकी ८ बजेपछि सवारी साधन चलाउन पाइने

उपत्यकामा बेलुकी ८ बजेपछि सवारी साधन चलाउन पाइने

गण्डकी टाइम्स
मंगलवार, भाद्र ८ २०७८
गण्डकी टाइम्स
मंगलवार, भाद्र ८ २०७८
  • काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकाभित्र बेलुकी ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ। आज उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएकोमा अबदेखि सञ्चालन गर्न दिने निर्णय गरेका हुन्।

    ‘सचेतना बढाएर बेलुकी ८ बजेपछि पनि निजी तथा सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय भएको छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, ‘निषेधाज्ञा भने भदौ १६ गतेसम्म थप गरिएको छ।’

    पछिल्लोपटक थप गरेको निषेधाज्ञा आज बेलुकी सकिँदै थियो।

    साथै उनकाअनुसार तालिम सञ्चालन गर्नुपरे भौतिक रूपमा २५ जनासम्म उपस्थित भएर सञ्चालन गर्न दिइने निर्णय भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij