२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने तयारी

उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने तयारी

गण्डकी टाइम्स
सोमवार, भाद्र ७ २०७८
गण्डकी टाइम्स
सोमवार, भाद्र ७ २०७८
  • काठमाडौं, ७ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने तयारी भएको छ । कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञा थप गर्ने तयारी भएको हो । निषेधाज्ञाका विषयमा छलफल गर्न उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।

    निषेधाज्ञा अहिलेकै मोडालिटीअनुसार कायम गर्ने वा कडाइ गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा छलफल हुने छ । संक्रमण बढेको भन्दै यसअघि पनि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । संक्रमणदर बढेको भन्दै सरकारले दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको थियो ।

    पछिल्लो साता थपिएको निषेधाज्ञा मंगलबार राति १२ बजे सकिँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij