२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

प्रचण्डले भने: गगनलाई पक्रन कसैले सक्दैन

प्रचण्डले भने: गगनलाई पक्रन कसैले सक्दैन

गण्डकी टाइम्स
शुक्रवार, कार्तिक २१ २०८३
गण्डकी टाइम्स
शुक्रवार, कार्तिक २१ २०८३
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने दाबी गरेका छन्। 

    शुक्रबार नेकपाको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक प्रचण्डले कांग्रेस सभापति थापाबारे आफ्नो भनाइ राखेका हुन्। सरकारले थापालाई पक्राउ गर्न लागेको चर्चा भइरहेको भन्दै प्रचण्डलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए। 

    त्यसको जवाफमा पूर्वप्रधानमन्त्री प्रचण्डले थापालाई कसैले पक्राउ गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्। ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजी पक्रन कसैले सक्दैन,’ प्रचण्डले भने। 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्यमान्यताबाहिर गइरहेको टिप्पणी गरेर ‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ,’ उनले भने, ‘यो निकै चिन्ताको विषय छ, देशका लागि र जनताका लागि पनि।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij