२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

चुनावमा दंगाललाई गर्दा घात, पूर्वसांसद भट्टराईको पुर्पुरोमा हात

चुनावमा दंगाललाई गर्दा घात, पूर्वसांसद भट्टराईको पुर्पुरोमा हात

गण्डकी टाइम्स
सोमवार, पौष २३ २०८०
गण्डकी टाइम्स
सोमवार, पौष २३ २०८०
  • एमाले खोटाङ अध्यक्ष राम दंगाल विवाद खासै रुचाउने व्यक्ति होइनन् । तर, सार्वजनिक यातायातमा बोलेको विषयलाई लिएर एमाले खोटाङ अध्यक्ष दंगालले नदुखेको टाउको चोयाले कसेर दुखाइरहेछन् । आफूसम्बद्ध पार्टी संगठनमा विधागत रूपमा कोही बलियो कोही कमजोर भइहालिन्छ । यो सर्वमान्य सिद्धान्त र स्वाभाविक पनि हो । पार्टी अध्यक्ष भए उनी लेख्न रुचाउँदैनन् । लेख्नै परे एमालेभित्रका लेखकीय क्षमता भएकालाई गुहार्छन् । त्यो पनि एमालेनिकट पत्रकारलाई सहयोग माग्छन् । एमालेसम्बद्ध पत्रकारहरू पनि के कम ! पार्टी हाँक्ने सबै विधि आफूहरूले बनाइदिन पाएपछि पार्टीको स्याबासी र नेताको नजिक रहन पाउने लोभमा पार्टी अध्यक्षलाई सघाउन दिक्तेलको भवनगैरामै अड्डा जमाइहाल्छन् । दंगाल एमाले भए पनि फरक पार्टीका एक पत्रकारलाई प्रेस सल्लाहकारजस्तै बनाएका छन् । ती पत्रकारले दंगालको प्रेस नोटसमेत कनिकुथी लेख्न अघि सरिहाल्छन् ।

    राम दंगाल अध्यक्ष, एमाले खोटाङ 

    भवनगैरा आफैं विचित्रको ठाउँ हो । भवनगैराले लोभीपापीलाई उँभो लगाउन छाडेको छैन । पंक्तिकार सात वर्ष दिक्तेल बसेका थिए । सात वर्षको बसाइमा दिक्तेलले धेर–थोर दिक्क बनाएकै थियो । भवनगैरा टेक्ने दिक्तेल बजारका जोकोहीको प्रगति कहाँबाट कहाँ पुगिहाल्छ । स्वाभाविकै हो– भवनगैरानजिक जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, दिक्तेल रूपाकोट मझुवागढी नगर कार्यपालिका, मालपोत, जिल्ला शिक्षा समन्वय, जिल्ला कृषि विकास कार्यालयलगायत छन् । त्यहाँको व्यवसायी फस्टाउन यति कार्यालय पुगेकालाई सहयोग गर्दा चिया, खाजा र खाना खर्चमात्रै होइन, अन्य शुभलाभ गर्न पछि पर्दैनन् । कामविशेषले जिल्लाका विभिन्न ठाउँबाट दिक्तेल पुगेपछि कर्मचारीलगायतलाई चिया, खाजा र अन्य शुभलाभको ‘अफर’ आउने भइहाल्यो । त्यतिमात्रै होइन, दिने र लिनेबीच सहमति भएपछि टेबलमुनि कारोबार गर्न कुनै आइतबार कुर्नै पर्दैन । माछाले पानी र कर्मचारीले घुस कति बेला खान्छन्, भेउ पाउन कठिन हुन्छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको दाम्लीमा दाम्ली माध्यमिक विद्यालयको चारकोठे सिमेन्टेड भवन बन्यो । यो संवत् २०७४ पहिलेको कुरा हो । बजेट साबिक जिल्ला शिक्षा कार्यालय खोटाङबाट प्राप्त भएको स्थानीय बताउँछन् । कागजात मिलाएर विद्यालय भवन सम्पन्न भएको भन्दै तत्कालीन वडाध्यक्ष हरिकुमार खड्काले बजेट निकाले । आठ वर्ष बितिसक्दा पनि विद्यालय भवन लथालिंग छ । विद्यालयका पूर्वप्रधानाध्यापक गमराज राईलाई पटक–पटक विद्यालय भवनको ‘स्टिमेट’ र निकासा रकमबारे जानकारी माग्दा वास्तविकता बताउन आनाकानी गर्छन् । सार्वजनिक चासोको विषयबारे वास्तविकता लुकाउन मिल्छ ? सम्भवतः यो काम गर्ने/गराउने एमाले, कांग्रेस र माओवादी केन्द्र खोटाङसम्बद्ध नेता तथा कार्यकर्ता दोषी छन् । उल्लिखित पार्टीसम्बद्ध नेताले समेत लथालिंग विद्यालय भवनबारे वास्ता नगर्नु भनेको ‘दालमा कुछ काला है’ भनेर अड्कलबाजी गर्न सजिलै सकिन्छ । ०७४ को निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनमा विशाल भट्टराईले खोटाङबाट एमाले सांसद बन्ने शौभाग्य पाए । त्यतिबेला हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडाध्यक्ष उनकै पार्टी कार्यकर्ता खड्का थिए । त्यतिबेला पूर्ववडाध्यक्ष खड्काले दाम्ली मावि भवन सम्पन्न गर्न किन सकेनन् ? वडादेखि संघीय सांसदसमेत एमालेकै थियो । काम गर्न त्योभन्दा सुविधा कहिले पाइएला ? एउटै पार्टीमा रहे पनि एकलाई छिर्के लगाएर अर्कोले अघि बढ्नैपर्छ । त्यसो नगरी राजनीति राजनीतिजस्तो हुँदैन । एमाले खोटाङमा देखिनेगरी त्यस्ता छिर्के लगाइएकै छन् । लगाउने क्रम जारी छ । एमाले खोटाङ अध्यक्ष राम दंगालले प्रदेश सांसद सदस्यमा पराजित हुनु भनेको पूर्वसांसद विशाल भट्टराईकै चालबाजी हो भनेर एमाले खोटाङलाई थाहा हुँदाहुँदै पनि मुखमा पानी हालेर बसेको थुप्रै भयो । प्रदेशसभा सदस्यका उम्मेदवार राम दंगाललाई घात गर्दा पूर्वसांसद भट्टराईले राख्नैपरेको छ– पुर्पुरोमा हात ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij