२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज पोखरा आउदै

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज पोखरा आउदै

गण्डकी टाइम्स
शनिवार, पौष १६ २०७९
गण्डकी टाइम्स
शनिवार, पौष १६ २०७९
  • पोखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा आउने भएका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि प्रचण्ड पोखरा आउन लागेका हुन् । प्रधानमन्त्री बिहान ११.०० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि आउने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन । पोखरा महानगरपालिकाले आज सार्वजनिक विदा समेत दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij