गोरखा, २५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबिच आज बिहान गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुगेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको छ भने उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका घरहरू बगाएको छ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनका लागि आवश्यक काम अघि बढाइएको बताएका छन्।