काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको पूर्ण सफलताको कामना गरेका छन् ।
आजदेखि सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै नेपाली क्रिकेटलाई वर्तमान उचाइसम्म पुर्याउन योगदान गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा क्रिकेट प्रेमीहरूप्रति सम्मान व्यक्त गरेका हुन् ।