२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

अमेरिकी सेना युक्रेन जाँदैन : बाइडेन

अमेरिकी सेना युक्रेन जाँदैन : बाइडेन

गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण २७ २०७८
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण २७ २०७८
  • एजेन्सी । अमेरिकाले युक्रेनमा आफ्ना सैनिक नपठाउने राष्ट्रपति जो बाइडेनले पुनः स्पष्ट पारेका छन् । राष्ट्रपति बाइडेनले शुक्रबार ट्वीट मार्फत युक्रेनमा अमेरिका प्रत्यक्ष रुपमा युद्धमा सामेल नहुने बताएका हुन् । उनले लेखेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु हामीले नेटो भित्रको भूमिको हामीले रक्षा गर्ने छौँ एकीकृत भएर । तर हामीले युक्रेनमा रुसविरुद्धको युद्ध लड्ने छैनौँ । नेटो र रुसबीच हुने प्रत्यक्ष युद्धले तेस्रो विश्व युद्ध सुरु हुन्छ ।’ बाइडेनले बारम्बार युक्रेनमा अमेरिकी सैनिक पठाउने विकल्प नरहेको बताएका छन् । उनको प्रशासनले पछिल्ला दिनमा रुसमाथि एकपछि अर्को कडा प्रतिबन्ध लगाउँदै आएको छ । शुक्रबार बाइडेनले रुसी पेय पदार्थ, सि फुड र हिराको आयातमा प्रतिबन्ध लगाएका थिए । यसैबीच बाइडेनले युक्रेनमा भ्लादिमिर पुटिनले जारी राखेको युद्ध कहिल्यै पनि जित नहुने बताएका छन् । उनले लेखेका छन्, ‘उनले (पुटिन) युक्रेनमाथि बिना युद्ध दबाब कायम गर्न सक्छु भन्ने आश गरे । युरोपलाई विभाजित गर्ने सोचे । नेटोलाई कमजोर बनाउने ठाने । अमेरिकालाई विभाजित गर्ने सोचे । तर उनी विफल भए ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij