२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

त्रिभुवन विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुने

त्रिभुवन विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुने

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण १९ २०७८
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण १९ २०७८
  • काठमाडौँ, २० फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुनेछ । त्यसका लागि त्रिभुवन विमानस्थल कार्यालयले ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गरेको छ । यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुनेछन् । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजहरुलाई आकाशमा होल्ड गरिएको थियो ।

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट गरिरहेको छ ।

    यस्तो उडानबाट रेडियो उपकरण तथा धावनमार्गमा जडित लाइट तथा अन्य उपकरणले काम गरे/नगरेको परीक्षण हुन्छ । त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि परीक्षण गरिएको थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij