२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

क्यालिब्रेसन उडानका कारण दुई वटा जहाज आकासमै होल्ड

क्यालिब्रेसन उडानका कारण दुई वटा जहाज आकासमै होल्ड

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण १९ २०७८
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण १९ २०७८
  • काठमाडौं, १९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका कारण नेपालको आकासमा जहाजहरु होल्ड हुन पुगेका छन् ।

    त्रिभुवन विमानस्थलको आकासमा एरोथाइको जहाजले फन्को मार्दै परीक्षण गरिएको छ । कतार एयरवेजका दुई वटा जहाज आकासमै होल्डमा परेका छन् ।

    दिल्लीबाट आएको भिस्तारा एयरवेजको जहाजसमेत होल्डमा परेको छ । त्यस्तै आन्तरिक उडानका जहाजहरु समेत अहिले होल्डमा छन् ।

    त्रिभुवन विमानस्थलमा धावनमार्ग विस्तार भएपछि पहिलो पटक यान्त्रिक उपकरण जडित जहाजबाट परीक्षण उडान गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij