२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

आज ग्याल्पो ल्होसार धुमधासँग मनाइँदै

आज ग्याल्पो ल्होसार धुमधासँग मनाइँदै

गण्डकी टाइम्स
बुधवार, फाल्गुण १८ २०७८
गण्डकी टाइम्स
बुधवार, फाल्गुण १८ २०७८
  • काठमाडौं, १९ फागुन । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विविध कार्यक्रम गरी धुमधामसँग मनाइँदै छ। शेर्पा समुदायले नयाँ वर्षका रुपमा ग्याल्पो ल्होसार मनाउने गर्छन्। आज २१४९ औँ ग्याल्पो ल्होसार मनाउन लागिएको हो। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। आज बराह वर्ष पूरा भई मुसा वर्ष शुरु हुने जनाइएको छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो। ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन छ। शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन्। पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामा ‘ल्होसार’ भनिन्छ। दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ। तेस्रो दिन बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गरिन्छ, जसलाई ‘धर्मपाल ल्होसार’ भनिन्छ। यसरी विविध कार्यक्रम गरी ग्याल्पो ल्होसार मनाइन्छ। यसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij