२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

गण्डकी टाइम्स
बुधवार, फाल्गुण १८ २०७८
गण्डकी टाइम्स
बुधवार, फाल्गुण १८ २०७८
  • काठमाडौं, १८ फागुन । बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

    गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ​ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij