२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

एमसीसी परियोजनाका लागि कर्मचारी माग

एमसीसी परियोजनाका लागि कर्मचारी माग

गण्डकी टाइम्स
बुधवार, फाल्गुण १८ २०७८
गण्डकी टाइम्स
बुधवार, फाल्गुण १८ २०७८
  • काठमाडौं, १८ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को सञ्चालनमा हुने परियोजनाका लागि १० जना कर्मचारी माग गरिएको छ ।

    अर्थ मन्त्रालयल अन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले कर्मचारी भर्नाका लागि बुधबार सूचना प्रकाशित गरेको छ ।

    प्रतिनिधिसभाले १५ फागुनमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

    यो अनुमोदन भएसँगै बुधबार एमसिए–नेपालले सूचना प्रकाशित गरी कार्यालय सहयोगीदेखि प्रोजेक्ट म्यानेजरसम्मका लागि आवेदन माग गरेको छ । यसमा प्रोजेक्ट म्यानेजर, म्यानेजर, पावर सेक्टर रिफर्म स्पेसलिस्ट, एसिस्टेन्ट इञ्जिनियर, मोनिटरिङ एन्ड इभ्यालुएसन स्पेसलिस्ट, आउटरिज कम्युनिकेसन एसिस्टेन्ट, चालक र कार्यालय सहयोगी गरी १० जना माग गरिएको छ ।

    योग्यता पुगेका इच्छुकले मार्च १५ सम्म ती पदमा आवेदन दिन सक्नेछन् ।

    एमसीसीमार्फत् आउने ५ करोड डलर र नेपालले थप्ने गरी ६ करोड ३० लाख डलरको परियोजनामा विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भाव गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij