काठमाडौं, १७ फागुन । पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र २ हजार ४६ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ७ हजार ९७१ जना संक्रिय संक्रमित रहेका छन् ।