२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

पललाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको स्वीकृति

पललाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको स्वीकृति

गण्डकी टाइम्स
आइतवार, फाल्गुण १५ २०७८
गण्डकी टाइम्स
आइतवार, फाल्गुण १५ २०७८
  • काठमाडौं, १५ फागुन । नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका नायक पल शाहलाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

    तनहुँ जिल्ला अदालतले पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँकाअनुसार पलमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ७ दिनको समय दिएको छ ।

    ७ दिनको समयमा अनुसन्धान नसकिएमा अनुसन्धान गर्ने प्रयोजनका लागि पटकपटक गरी २५ दिनसम्म उनलाई न्यायिक हिरासतमै राख्न सकिन्छ । प्रहरीले अनुसन्धान सकी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइसकेपछि सरकारी वकिलले पलविरुद्ध मुद्दा दर्ता गर्नेछ । तर अनुसन्धानका क्रममा पलमाथि मुद्दा दायर गर्नु नपर्ने भएमा भने मुद्दा दर्ता नगरी तामेलीमा राखिदिन पनि सक्नेछ ।

    पलविरुद्ध आइतबार मात्रै नवलपुरमा पनि जवरजस्ती करणीको मुद्दा दर्ता भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij