युक्रेनमा भिषण युद्ध जारी, के भयो तेस्रो रात ? (हेर्नुस् भिडियो)
युक्रेनमा भिषण युद्ध जारी, के भयो तेस्रो रात ? (हेर्नुस् भिडियो)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
एजेन्सी । युक्रेनमा रुसी आक्रमण तेस्रो रात पनि जारी छ । रुसी सैनिकले आक्रमणको निशाना राजधानी किएभसहितका प्रमुख शहरलाई बनाएका छन् । तर युक्रेनी सैनिकले आफ्नो रक्षा रणनीतिलाई अहिलेसम्म बलियो रुपमा कार्यान्वयन गरिरहेका छन् ।
किएभसहितका क्षेत्रमा रुसले मिसाइल आक्रमणको तयारी गरेको भन्दै साइरन बजाइएको छ । रुसबाट आउने मिसाइल ध्वस्त पार्नका लागि युक्रेनले एन्टी मिसाइल प्रणाली तयारी अवस्थामा राखेको छ ।
तर किएभको बाहिरी क्षेत्रमा रहेको एक इन्धन डिपोमा रुसले आक्रमण गर्दा भीषणा आगलागी भएको छ । किएभ क्षेत्रको भासिल्किभ शहरमा रहेको इन्धन डिपो रुसी रकेटको निशानामा आएको हो ।
स्थानीय अधिकारीले आक्रमणलाई पुष्टि गरेको किएभ इन्डिपेन्डेन्टले जनाएको छ । यसैबीच आक्रमण जारी रहँदा किएभमा लगातार साइरन बजाइएको छ । रुसले मिसाइल आक्रमण गर्न सक्ने भन्दै यस्तो गरिएको हो । किएभमा शनिबार बेलुकादेखि सोमबार बिहानसम्मका लागि कर्फ्यू लागु भएको छ ।
शहरका मेयरले बाटो देखिनेहरुलाई रुसी विखण्डनकारी मानिने बताएका छन् । चीन, भारत, युएईसहितका केही देश बाहेक विश्वका अधिकांश देशले मुखरित रुपमा रुसी आक्रमणको निन्दा गरेका छन् । युक्रेनलाई पश्चिमा राष्ट्रले हतियारसहितका उपकरणहरु सहयोग गरिरहेका छन्।
https://twitter.com/i/status/1497722021358161921
प्रतिक्रिया