२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम बम, सेनाद्वारा निष्कृय

महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम बम, सेनाद्वारा निष्कृय

गण्डकी टाइम्स
शनिवार, फाल्गुण १४ २०७८
गण्डकी टाइम्स
शनिवार, फाल्गुण १४ २०७८
  • महोत्तरी, १४ फागुन । महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि भएको छ । टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

    अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिएका छन ।

    प्रहरीले उक्त बमको विषयमा अनुसन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालयनजिकै राखिएको बमको विषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    बिहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij