२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

कांग्रेसले भन्यो : एमसीसी नेपालको हितमा छ, हामी निर्णय लिन्छौ

कांग्रेसले भन्यो : एमसीसी नेपालको हितमा छ, हामी निर्णय लिन्छौ

गण्डकी टाइम्स
शनिवार, फाल्गुण १४ २०७८
गण्डकी टाइम्स
शनिवार, फाल्गुण १४ २०७८
  • काठमाडौं, १४ फागुन । अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट पारित गर्ने विषय पेचिलो बन्दै गर्दा सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसले याे परियोजना मुलुकको आवश्यकता भएकाे र हितमा रहेकाे दाबी गरेकाे छ। एमसीसी संसदबाट पारितका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार र प्रतिपक्षी दलसँग सहयोगको आग्रह गरिरहेका बेला कांग्रेसले यसबारे धारणा सार्वजनिक गरेकाे हाे। ‘एमसीसीअन्तर्गत अमेरिकी सरकारबाट विकास सहायता लिने नेपाल सरकारको निर्णय नेपालको आवश्यकता र हितमा आधारित थियो’, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ट्विट गर्दै भनेका छन्। उनले नेपालको हितमा निर्णय गर्न कांग्रेस सक्षम रहेको पनि जिकिर गरेका छन्। ‘हामी नेपालको हितमा निर्णय गर्न सक्षम छौं। हाम्रा अन्य साथीभाइ र विकास साझेदारहरूले यो कुरा बुझ्नुभएको छ भन्ने अपेक्षा गर्दछौं,’ प्रवक्ता डा. महतले उल्लेख गरेका छन्। सरकारले यही फागुन ८ गते प्रतिनिधि सभा बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबल गरेको छ। उक्त प्रस्ताव ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गरेको थियो। त्यसअघि २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट तत्कालीन प्रधानमन्त्री ओलीले एमसीसी पारितका लागि संसदमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेका थिए। एमसीसी अनुमोदनको प्रस्ताव पारितका लागि प्रधानमन्त्री देउवा सत्ता साझेदार दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग दिनदिनै छलफल गरिरहेका छन्। एमसीसी अनुमोदनका लागि कांग्रेसका तर्फबाट भूमिका निर्वाह गरिरहेका एक नेताले आगामी सोमबारसम्म एमसीसी पारित गराउने गरी प्रयास भइरहेको जानकारी दिएका छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij