२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

बालाजुमा बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

बालाजुमा बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

गण्डकी टाइम्स
बुधवार, फाल्गुण ४ २०७८
गण्डकी टाइम्स
बुधवार, फाल्गुण ४ २०७८
  • काठमाडौं, ५ फागुन । बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

    मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

    उनीहरूलाई ठक्कर दिएर बससहित चालक फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij