२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला

बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला

गण्डकी टाइम्स
बिहिवार, माघ २७ २०७८
गण्डकी टाइम्स
बिहिवार, माघ २७ २०७८
  • काठमाडौं, २८ माघ । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला परेको छ । खुमलटार स्थित करुणा मन्दिरको हातामा बिहान मुर्ति भेटिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताएका छन।​

    क्लासीक टावर पछाडिको मन्दिरमा बोरामा व्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलेर हेर्दा मुर्ति भेटिएको छ । सो मुर्ति चोरीमा संलग्नहरुको खोज भइरहेको एसएसपी पोखरेलले बताएका छन ।

    माघ ९ मा मुर्ति हराएपछि ललितपुर परिसर र महानगरीय अपराध महाशाखाले त्यसबारे अनुसन्धान गरिरहेको थियो । पेशेवर चोरहरुलाई प्रहरीले पक्रेर सोधपुछ गरिरहेको छ । सुनाकोठीका वडा अध्यक्षले मुर्ति फेला पार्नेलाई ५ लाख दिने घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij