२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

विराटनगर–१८ क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

विराटनगर–१८ क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

गण्डकी टाइम्स
मंगलवार, माघ २५ २०७८
गण्डकी टाइम्स
मंगलवार, माघ २५ २०७८
  • काठमाडौं, २५ माघ । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी विराटनगर महानगरपालिका–१८ को क्षेत्रलाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरिएको हो ।

    सरकारले फेवातालको जलाधार संरक्षण क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ । सोमबारकै मन्त्रिपरिषद बैठकले वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij