२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

ह्वात्तै घट्यो संक्रमित, मृतकको संख्या बढ्यो

ह्वात्तै घट्यो संक्रमित, मृतकको संख्या बढ्यो

गण्डकी टाइम्स
शुक्रवार, माघ २१ २०७८
गण्डकी टाइम्स
शुक्रवार, माघ २१ २०७८
  • काठमाडौं, २१ माघ । नेपालमा थप २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

    देशभर गरिएको ६ हजार ६५५ पिसिआर परीक्षणका क्रममा १ हजार ६०२ जना र ४ हजार ४१८ एन्टिजेन परिक्षणका क्रममा ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७९४ जनाको मृत्यु भएको छ ।

    शुक्रबार थप ८ हजार ४२५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ९५ हजार ८६८ जना निको भएका छन् । हाल नेपालमा ५६ हजार ४५७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij