२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

कांग्रेसबाट तारकेश्वर मेयरमा इच्छाराम कार्कीको उम्मेद्बारी घोषणा

कांग्रेसबाट तारकेश्वर मेयरमा इच्छाराम कार्कीको उम्मेद्बारी घोषणा

गण्डकी टाइम्स
बुधवार, माघ १९ २०७८
गण्डकी टाइम्स
बुधवार, माघ १९ २०७८
  • काठमाडौं, १९ माघ । स्थानीयतहको निर्वाचन हुने चर्चासंगै आकाक्षीहरुको समेत चर्चा हुन थालेको छ । निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिश गरेसंगै आकाक्षीहरुले आफ्नो दावी प्रस्तुत गर्न थालेका छन् । यसैविच काठमाडौंको तार्केश्रर नगरपालिकामा नेपाली कांग्रेसबाट इच्छाराम कार्कीले आगामी निर्वाचनमा मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका कार्की लामो समयदेखि राजनीति मार्फत सामजसेवामा सक्रियत रहदै आएका छन् । कांग्रेसको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा दोस्रो लोकप्रिय मत प्राप्त गरि विजयी भएका कार्की जनताको काम भनेपछि हुरुक्क हुन्छन्। तार्केश्वरको बिकासगरि जनताको जिवनस्तर उठाउन आफुले मेयरमा उम्मेदवारी दिन लागेको कार्की बताउछन्। विस २०५४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षको उम्मेदवार भई राजनीतिमा प्रवेश गरेका कार्की त्यसयता निरन्तर राजनीतिमा सक्रिय रहदै जनसेवा गर्दै आएका छन्। तारकेश्वर नगरपालिकाका युवाहरु माझ लोकप्रीय कार्की प्रतीजग्गा बचाउ अभियानका अभियान्ता समेत हुन् । उनि तार्केश्वर नगरभित्रका विभिन्न सामाजिक संस्थामा आवद्ध भई सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् । राजनीतिलाई पेशा होईन, सेवाको रुपमा हेरिनुपर्छ भन्ने मान्यता राख्ने कार्कीलाई फरकदलमा आस्था राख्ने नेताकार्यकर्ताको समेत साथ रहने तार्केश्वरमा चर्चा छ ।  आगामी चुनावमा कांग्रेसबाट कार्की बलियो उम्मेद्बार रहेको चर्चा कांग्रेसहरुकैविच चल्ने गरेको छ । हक्की स्वभावका कार्की तारकेश्वरमा विकासप्रेमी, जनताको समस्यालाई आफ्नै समस्या ठान्ने, शालिन, मिलनसार ब्यक्तीत्वका रुपमा स्थापित छन् । तार्केश्वर नगरपालिकाको मेयरको उम्मेद्बारमा नेकपा एमालेबाट रामेश्वर बोहोरा, नेपाली कांग्रेसबाटै कृष्णहरि महर्जन, माओवादी केन्द्रबाट राम कुमार थापाको चर्चा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij