२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

ललिता निवास प्रकरण : अनुसन्धान प्रतिवेदन सिआईबीमै फिर्ता

ललिता निवास प्रकरण : अनुसन्धान प्रतिवेदन सिआईबीमै फिर्ता

गण्डकी टाइम्स
सोमवार, पौष २६ २०७८
गण्डकी टाइम्स
सोमवार, पौष २६ २०७८
  • काठमाडौं, २६ पुस । सरकारी वकिल कार्यालयले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन केन्द्रीय अनुसन्धान विभाग (सिआईबी) लाई फिर्ता पठाइदिएको छ । सो प्रतिवेदन सोमबार सिआईबीलाई फिर्ता गर्ने निर्णय भएको सरकारी वकिल कार्यालयका प्रमुख गंगा पौडेलले जानकारी दिएका छन । उनले थप अनुसन्धान गर्नुपर्ने भएकोले प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाइएको जानकारी दिएका छन।

    प्रतिवेदन अदालतमा दर्ता गर्नुपर्ने मंगलबार सम्मको हदम्याद थियो । यद्यपि, मुलुकी ऐनअनुसार मुद्धा चल्ने भएकोले यसको हदम्याद भोलि (मंगलबार) नै नसकिने पौडेलले बताएका छन ।

    केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij