२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

नोबेल कलेजमा तोडफोड

नोबेल कलेजमा तोडफोड

गण्डकी टाइम्स
आइतवार, पौष २५ २०७८
गण्डकी टाइम्स
आइतवार, पौष २५ २०७८
  • काठमाडौँ, २५ पुस । आइतबार विद्यार्थीहरुले नोबेल कलेजमा तोडफोड गरेका छन् । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सञ्चालन गरेपनि आन्दोलनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका हुन् ।

    तोडफोडको क्रममा केही विद्यार्थी घाइतेसमेत भएका छन्। विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए।

    उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तोडफोड गरेका हुन्। अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ। नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो। तर, आइतबार पनि थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij