२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

आज कति थपिए कोरोना संक्रमित ?

आज कति थपिए कोरोना संक्रमित ?

गण्डकी टाइम्स
बिहिवार, पौष १५ २०७८
गण्डकी टाइम्स
बिहिवार, पौष १५ २०७८
  • काठमाडौं, १५ पुस । नेपालमा बिहीबार थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८ सय १४ पिसिआर परिक्षणका क्रममा २ सय ३५ जना र २ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार ३ सय ९८ पुगेको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।

    नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ९० जनाको मृत्यु भएको छ । त्यस्तै २ सय २८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ११ हजार ७ सय ४६ संक्रमित निको भएका छन् ।

    हाल नेपालमा ४ हजार ८ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र १०३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij