२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

माओवादी केन्द्रको बागमती अध्यक्षमा सहयात्री विजयी, अरू पदमा को को ?

माओवादी केन्द्रको बागमती अध्यक्षमा सहयात्री विजयी, अरू पदमा को को ?

गण्डकी टाइम्स
सोमवार, पौष ५ २०७८
गण्डकी टाइम्स
सोमवार, पौष ५ २०७८
  • काठमाडौँ, ६ पुस । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा दिनानाथ गौतमलाई पराजित गरी पौडेल बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याएका छन् भने गौतमले ८६ मत मात्र पाए । यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेम बहादुर पुलामी 'छिन्तु' र रामप्रसाद ढुंगाना विजयी भएका छन् । सचिव इन्द्र बहादुर थिङ 'छिन्ताङ' निर्वाचित हुँदा सह सचिवमा दल बहादुर बुर्लाकोटी 'बिजय', माधव लामिछाने 'समिर' र प्रकाश श्रेष्ठले बाजी मारेका छन् । यस्तै कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छन् । माओवादीले हेटौँडा महाधिवेशनपछि पहिलो पटक मतदानबाट नेतृत्व चयन गरेको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij