२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

कोरोना संक्रमितको संख्या घट्दै, आज कति थपिए ?

कोरोना संक्रमितको संख्या घट्दै, आज कति थपिए ?

गण्डकी टाइम्स
शनिवार, पौष ३ २०७८
गण्डकी टाइम्स
शनिवार, पौष ३ २०७८
  • काठमाडौं, ३ पुष । देशभर थप १८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८ र एन्टिजेन विधिबाट ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यही अवधिमा थप २५० जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ८ हजार ६०३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ४२८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    कोभिड–१९ को सङ्क्रमणबाट आज थप २ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५७२ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ९३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड १५ लाख ५७ हजार ०८३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ९५ लाख ८२ हजार ४९६ जनाले पूर्ण मात्रा र १ करोड १९ लाख ७४ हजार ५८८ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij