२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

विमानस्थल भन्सारका `कर्मचारीलाई हातपात´ गर्ने पर्यटन बोर्डका सिईओ निलम्बित

विमानस्थल भन्सारका `कर्मचारीलाई हातपात´ गर्ने पर्यटन बोर्डका सिईओ निलम्बित

गण्डकी टाइम्स
शुक्रवार, पौष २ २०७८
गण्डकी टाइम्स
शुक्रवार, पौष २ २०७८
  • काठमाडौं, २ पुस । रक्सी खाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेको आरोप लागेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ ) धनञ्जय रेग्मीलाई बोर्ड बैठकले निलम्बन गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरी उनीमाथि लागेको आरोपको छानबिनका लागि समिति गठन गरेको छ । बोर्डका उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । सीईओ रेग्मी निलम्बनमा परेपछि बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापा लाहेलाई कामु सीईओको जिम्मेवारी दिएको छ । गत २३ कात्तिकमा बेलायतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई रक्सी खाएर हातपात गरेको आरोप सीईओ रेग्मीमाथि लागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij