२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

जर्मनीले नेपाललाई दियो ४१ लाख ४२ हजार डोज कोरोना खोप

जर्मनीले नेपाललाई दियो ४१ लाख ४२ हजार डोज कोरोना खोप

गण्डकी टाइम्स
बिहिवार, पौष १ २०७८
गण्डकी टाइम्स
बिहिवार, पौष १ २०७८
  • काठमाडौं, १ पुष । जर्मनीले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत कोभिड–१९ विरुद्धको ४१ लाख ४२ हजारभन्दा बढी डोज खोप उपलब्ध गराएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना र २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप गरी कुल ४१ लाख ४२ हजार २५० डोज खोप प्राप्त गरेको हो । प्राप्त खोपमध्ये जोनसन एण्ड जोनसन खोप एक डोज मात्रा लगाए हुने खोप हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत जर्मन सरकारको सहयोगमा उक्त परिमाणको खोप प्राप्त गरेको हो ।

    खोप कसले पाउँछन् ?

    स्वास्थ्य मन्त्रालयका अनुसार प्राप्त भएका खोप १२ वर्षदेखि माथिका र १८ वर्ष मुनिका बालबालिकालाई दिइने छ । स्वास्थ्य मन्त्रालयले पुस ४ गतेदेखि बालबालिकालाई खोप दिने योजना बनाएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले अन्य लक्षित समूहलाई पनि चाँडै नै खोप अभियान सञ्चालन गर्ने जानकारी दिइन् ।

    कतिले लगाए खोप ?

    स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म लक्षित जनसंख्याको ४७.२ प्रतिशतले पूर्ण खोप लगाइसकिएको छ । यस्तै लक्षित जनसंख्याको ५८.२ प्रतिशतलाई कम्तीमा एक डोज खोप लगाइसकिएको छ ।

    कुन जनसंख्याको ३८.२ प्रतिशतलाई कम्तीमा एक मात्रा र ३१ प्रतिशतलाई पूर्ण खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij