२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही छ : अध्यक्ष प्रचण्ड

पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही छ : अध्यक्ष प्रचण्ड

गण्डकी टाइम्स
बुधवार, मंसिर २९ २०७८
गण्डकी टाइम्स
बुधवार, मंसिर २९ २०७८
  • काठमाडौं, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम्ल दाहाल प्रचण्डले आजको पूँजीवादको चरित्रबारे आफुले गरेको विश्लेषण सही भएको बताएका छन् । विहिवार एक प्रेस नोट जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रेस वक्तव्य दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुुनः प्रमाणित गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । साथै मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु । ०१ पुष, २०७८ पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij