काठमाडौं, २२ भदौ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार १ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ४२३ जना र ३४ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा २ सय ५४ गरी १ हजार ६ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८९७ जनामा संक्रमण देखिएकोमा आज घटेर १ हजार ६ सय ७७ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने २ हजार ७२ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेका छन् ।