२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

धादिङको सालदुममा स्वास्थ्य शिविर सम्पन्न, ३५० जना लाभान्वित

धादिङको सालदुममा स्वास्थ्य शिविर सम्पन्न, ३५० जना लाभान्वित

गण्डकी टाइम्स
शनिवार, जेठ ३० २०८३
गण्डकी टाइम्स
शनिवार, जेठ ३० २०८३
  • धादिङबेशी, ३० जेठ।  धादिङको गङ्गाजमुना गाउँपालिका–४ सालदुममा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। नागार्जुन सिकाइ केन्द्र सालदुमको आयोजनामा सम्पन्न शिविरबाट करिब ३५० जना विद्यार्थी लाभान्वित भएका छन्।

    जेठ २८ गते आयोजित शिविरमा मङ्गलादेवी माध्यमिक विद्यालय र श्री तामाङखर्क माध्यमिक विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो।

    स्वास्थ्य परीक्षणका क्रममा केही विद्यार्थीमा थप विशेषज्ञ तथा केन्द्रस्तरीय उपचार आवश्यक पर्ने स्वास्थ्य समस्या देखिएकाले उनीहरूलाई आवश्यक परामर्शसहित थप उपचारका लागि सिफारिस गरिएको सिकाइ केन्द्रका संरक्षक गणेश सिम्खडाले जानकारी दिए। 

    ganesa.jpg

    शिविरमा डा. किशन अधिकारी, डा. विपिन बस्याल तथा नर्स अस्मिता पाण्डेसहितको टोलीले स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण र स्वास्थ्य परामर्श सेवा प्रदान गरेको थियो।

    नागार्जुन सिकाइ केन्द्रका अध्यक्ष सिर्जन सिम्खडाको अध्यक्षतामा सम्पन्न शिविरमा स्वास्थ्यका संरक्षक गणेश सिम्खडा र विमला अधिकारी सिम्खडाको समेत सक्रिय सहभागिता रहेको थियो।

    swasthya.webp

     

    आयोजकका अनुसार शिविरले विद्यार्थीहरूको स्वास्थ्य अवस्था पहिचान गर्न तथा आवश्यक उपचारका लागि सहजीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij