२०८३, कार्तिक २८ गते

शुक्रवार, कार्तिक २८ गते २०८३

फेरी ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या

फेरी ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या

गण्डकी टाइम्स
सोमवार, भाद्र २१ २०७८
गण्डकी टाइम्स
सोमवार, भाद्र २१ २०७८
  • काठमाडौं, २० भदौ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार १ हजार ८९ जनामा संक्रमण देखिएकोमा आज बढेर १ हजार ८९७ जनामा संक्रमण देखिएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij